पोखरा महानगरपालिकामा आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि प्रमुखमा ११ र उपप्रमुखमा चार जनाको मनोनयन दर्ता भएको छ ।
उम्मेदवारी दर्ताको आज पहिलो दिन साना र स्वतन्त्र उम्मेदवारहरुले शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन् । ठूला राजनीतिक दलहरुले भने भोली मनोनयन दर्ता गराउने भएका छन् ।
प्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोविन्द गुरुङ, मौलिक जरो किलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मङ्गोल नेशनल अर्जनाइजेशनका प्रेमबहादुर गुरुङ र नेपाल जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सूचना अधिकारी नील पनेरुले जानकारी दिनुभयो ।