पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ, पोखरा महानगर कमिटिले आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार तथा निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
महानगर कमिटि अध्यक्ष हरि भुजेल संयोजक तथा महानगर सचिव हेमराज भण्डारी सह–संयोजक रहने गरी ५०१ सदस्यीय कमिटि गठन गरेको हो । संयोजक भुजेलका अनुसार कमिटिको सदस्यहरमा महानगर कमिटि सदस्यहरू तथा वडा अध्यक्ष तथा पदाधिकारीहरु रहनेछन् ।
पोखरा महानगरका सबै ३३ वडामा महानगरबाट ईन्चार्ज र वडाबाट सहईन्चार्ज सहित टोली परिचालन गरिने पनि उनले जानकारी दिए । ३३ वटै वडामा संयोजकहरु पनि तोकिएको छ ।
वडामा गठित निर्वाचन परिचालन कमिटिसंग समन्वय गर्दै सबै तह र तप्कामा क्रियाशील रहने भुजेलले बताए । संजीवबहादुर कोइरालाको संयोजकत्वमा १६ सदस्यीय सल्लाहकार कमिटि पनि गठन गरिएको छ ।
पोखरा महागनरका लागि नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापाको उपस्थितिमा कमिटि घोषणा गरिएको हो ।