रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार भिडियो कन्फरेन्स मार्फत ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा भाग लिएको दूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत सम्बोधन गर्दै उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो। सो अवसरमा चिनियाँ राष्ट्रपतिले ब्रिक्स राष्ट्रहरू र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायको प्रयासको सान्दर्भिकताले वास्तविक बहुपक्षीयतालाई समर्थन गर्ने बताउँनु भएको छ ।
“बैठकमा अन्तरराष्ट्रिय चासोका समसामयिक विषयमा महत्त्वपूर्ण विचार आदानप्रदान भएको थियो। मन्त्रीहरूले विश्वव्यापी मामिलामा सामूहिक सिद्धान्त सुदृढ गर्ने, क्षेत्रीय द्वन्द्व, नयाँ चुनौती र खतरासँग लड्नका साथै बहुपक्षीय विषयमा पाँच राष्ट्रबीचको अन्तरक्रियाका विषयमा गहन छलफल गर्नु भएको थियो । बैठकमा वर्तमान अवस्था र पाँच-पक्षीय सहयोगको सम्भावनाहरू बारे विशेष ध्यान दिइएको” प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गर्नु भएको थियो।
बैठकमा अर्जेन्टिना, इजिप्ट, इन्डोनेसिया, काजाकस्तान, नाइजेरिया, साउदी अरेबिया, सेनेगल, थाका विदेशमन्त्रीहरूको सहभागितामा ब्रिक्स प्लस ढाँचामा छुट्टै सत्र पनि सञ्चालन भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “उनीहरूले संयुक्त राष्ट्रसंघ, विश्व व्यापार सङ्गठन र जी-२० भित्रको सहयोगमा जोड दिदै राज्य र विश्वव्यापी शासन प्रणालीको विकासको सम्भावनाका बारेमा छलफल गरेका थिए।”
गत हप्ता, ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक पनि आयोजना भएको थियो सो अवसरम मन्त्रीहरूले ठूलो महामारीको विरुद्ध प्रारम्भिक चेतावनी प्रणाली शुरु गर्ने कुरामा सहमति जनाएका थिए।
ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् ।
सम्बन्धित खवर
टिप्पणिहरु