पोखरा, जेठ १२ गते ।पोखरा महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले आज पदभार ग्रहण गर्दैछन् । बिहीबार बिहान ९ बजे पोखरा सभागृहमा सपथ ग्रहण कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।पोखरा महानगरमा निर्वाचित १ सय ६७ सदस्यले सपथग्रहण गर्नेछन् । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेका मञ्जुदेवी गुरुङ निर्वाचित हुनुभएको छ ।
एकीकृत समाजवादीका आचार्य ५८ हजार ८ सय ९३ मत र एमालेका गुरुङ ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित भएका हुनु भएको हो । ०७४ को स्थानीय चुनावमा २ तिहाइ वडा जितेको एमालेले यसपटक ९ वडामा खुम्चिएको छ । कांग्रेसले २३ वटा वडामा जितेको छ भने १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुखमा निर्वाचित धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुगे आजदेखि जिम्मेवारी सम्हाल्ने भएका छन् । उनीहरुले पोखरा सभागृहमा सपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले प्रमुख धनराज आचार्यलाई सपथ ग्रहण गराउने छन् भने प्रमुखले उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र वडासदस्यहरुलाई सपथ गराउने निर्वाचन अधिकृतको कार्यालयले जानकरी दिएको ।
नेकपा एकीकृत समाजवादी कास्कीका उपसविच पूर्ण लामाका अनुसार आचार्यले सपथलिएपछि पोखरा ७ मा रहेको पुष्पलाल पार्कमा पुगेर कम्युस्टि पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्ने र सडकको डिभाइडरमा बिरुवा रोपछि महानगर पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको ।। यसैगरी उपप्रमख मञ्जुदेवी गुरुङले पनि आज नै पदभार ग्रहण गर्नेछिन ।