पत्रकारले सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने : मेयर आचार्य

पोखरा, जेठ २५ गते । नेपालपत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारितातालिम सुरु गरेको छ । आज देखि २७गतेसम्म संचालनहुनेतालिमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको हो । तालिममा पछिल्लो पटक डिजिटलपत्रकारितामाप्रयोग गरिँदै आएकाविषयवस्तुका सम्बन्धमा प्रशिक्षण गराइनेछ ।


तालिमको उद्घाटन सत्रलाई सम्बोधनगर्दै पोखरा महानगरपालिकाका मेयर धनराजआचार्यले पत्रकारको क्षमताअभिवृद्धिका कार्यक्रममामहानगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले पोखराको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । “पोखराको पत्रकारिता क्षेत्र अबमुलधारको हुनुपर्छ”, उनले भने, “सबै काठमाडौंमामात्र केन्द्रितहुँदापोखरा अझै कतिपयविषयमा पछाडी परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।”

उनले डिजिटल मिडिया पत्रकारितातालिमकाकारण पत्रकारको क्षमताअभिवृद्धिमा टेवापुग्ने विश्वास लिएका छन् । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको बताए । मेयर आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउने तर्फ आफु प्रतिबद्ध रहेको बताए । “पोखरा महानगरपालिकालाई सूचना मैत्रीमहानगर बनाउन म प्रतिबद्ध छु । आवश्यकतयारी हुँदै छ । पत्रकारले पाउनुपर्ने सूचनाआदानप्रदानमा देखिएका समस्यालाई छिट्टै समाधानगरिनेछ ।”, उनले भने ।

नेपालपत्रकार महासंघ कास्कीकी अध्यक्ष् ाबिमला भण्डारीले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्ततालिम संचालनगरिएको बताइन् । उनकाअनुसार डिजिटल पत्रकारितातालिमको माग भएपछि पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहकार्यमाउक्ततालिम संचालन गरेको हो । यसअघि पनिमहासंघ कास्कीले पत्रकारिता क्षेत्र सँग सम्बन्धितआधारभूततालिमहरु गर्दै आएको जानकारी उनले गराइन् । तालिमबाट प्रशिक्षार्थीले लाभलिने विश्वास उनको छ ।

नेपालपत्रकार महासंघका केन्द्रीय सदस्यतथाप्रशिक्षकविकास कार्कीले समय परिवर्तन सँगै हामीपनि परिवर्तन हुनआवश्यक रहेको बताए । “डिजिटल पत्रकारिताआजको आवश्यकताहो । जसकालागिआवश्यक ज्ञानको खाँचो छ । पत्रकार महासंघ कास्कीले आयोजनागरेको उक्त तालिमबाट प्रशिक्षार्थी आवश्यक ज्ञान लिनुहुनेछ भन्नेमाहामीआशावादी छौं ।”, उनले भने । तीनदिन सम्मचल्ने तालिममाप्रशिक्षकका रुपमाविकास कार्की, उमेश श्रेष्ठ रहेको कार्यक्रम संयोजकतथापत्रकार महासंघ कास्कीका संयोजक रामप्रसादतिमिल्सिनाले जानकारी गराए । कार्यक्रमको संचालन सचिवमाधव बरालले गरेकाथिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...