सिद्धार्थनगर, असार १० गते । रुपन्देहीमा नक्कली धन्दा र कालोबजारी गर्ने तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । औषधीमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने गोदामबाट तीनजना पक्राउ परेका हुन् ।
बुटवल ७ दिपनगरमा बर्तोली प्रिन्टर्सले त्यस्ता नक्कली प्रिन्ट गरिएको औषधी, पोषणयुक्त खाद्य सामाग्रीको भण्डार तथा प्रिन्ट गर्ने मेसिनसहितको गोदाम फेला सुचनाका आधारमा अनुगमन टोलिले फेला पारेको हो । नक्कली काम गरेर औषधी तथा पोषणयुक्त खाद्य सामाग्री विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नागार्जुन गाउँपालिका वडा नं. २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं. ११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेका छन् ।