पोखरा, असार १२ गते ।दुई दिनदेखि परेको अविरल वर्षाका कारण बाढि र पहिरोका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण कतै घर बगाएको भने कतै डुवानमा परेका कारण सयौ परिवार विस्थापित हुनुपरेको छ । वर्षाकै कारण कास्कीका विभिन्न ठाँउमा बाढि पहिरोले क्षती पुर्याएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर।२५ म्याग्दी टोल, सुन्दरपुरी,खहरेटारी, हेम्जा लगाका स्थानमा पहिरो तथा बाढीले ७० घर डुवानमा परेको कास्की प्रहरीले जनाएको छ ।

उक्त स्थानमा बसोबास गर्ने करिव ३०० जनाको ब्यत्तिको उद्धार गरी सुरक्षित स्थानमा सारिएको कास्की प्रहरीले जनाएको छ । पोखरा १६ सालघारी देउराली बस्ने वर्ष ५१ को राम बहादुर मगरको १ तले ४ कोठे कच्ची घर बगाई पूर्ण रूपमा क्षति भएको र अन्य १३ वटा घरमा आंशिक क्षति पुर्यारएको प्रहरीेले जनाएको छ ।
पोखरा वडा नं.२५ सुन्दरपुरी बस्ने १० जना लक्ष्मी बि.क, बिना बि.क, भुमिका बि.क।, बिनिता कुमारी बि.क, भिमा श्रीस थापा, लक्ष्मी बि.क, बसन्त बागदास, झिल्के नेपाली, ईश्वर सापकोटा, सोनिया परियारको घरमा बाढिले आंशिक क्षति भएको छ ।
पोखरा २५ हेम्जा खहरेटारी बस्ने सुरेम बहादुर गुरुङको २ वटा बाख्राको जीवित तथा ९ वटा बाख्राकोमृत अवस्थामा पहिरोमा पुरिएको अवस्थामा निकालिएको छ । यता कास्कीको अन्नपूर्ण गाँउपालिका ५ सितला गुफा नजिक पोखरा बाग्लुङ सडक खण्डमा माथीबाट पहिरो आई बाटो अबरोध भएको र प्रहरीले बाटो खुलाएको जनाएको छ ।
६। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १७ अधेरी कुना स्थितमा पोखरा बेशीबाटअँधेरी कुना जाने भित्री सडक खण्डमा अधेरी खोलाले कटान गरी पूर्ण रूपमा क्षतिपुर्यातएको, बाटो पूर्ण रूपमा अवरोध भएको ।७। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।२३ हर्पनबस्ने नर बहादुर क्षेत्रीको भैँसी गोठमा चट्याङ पर्दा एक वटा ब्याउने भैँसीको मृत्यु भएको ।