लायन्स क्लब अफ पोखरा सेतो गुरांसलाई चार्टर हस्तान्तरण

हेमजा, असार २५ गते ।पोखरा २५ हेमजामा शनिवार आयोजित कार्यक्रममा ला‘यन्स क्लब अफ पोखरा लालीगुरांसले ला‘यन्स क्लब अफ पोखरा सेतो गुरांसलाई चार्टर हस्तान्तरण गरेको छ ।

ला‘यन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गवर्नर ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, चार्टर प्रेसिडेंट बसन्त बाँस्तोला र सम्मानित ब्यक्ति माधव शरण बाँस्तोलाले बोलेका थिए । उक्त अवसरमा देविलाल सापकोटा समाजसेवी अक्षयकोष द्वारा माधव शरण बाँस्तोलालाई सम्मान गरिएको थियो ।

 

अक्षयकोष बाट प्रत्येक वर्ष एक समाजसेवीलाई सम्मानित गरिँदै आएको छ । प्रथम उपादक्ष्य ऋषिराम पौडेलले स्वागत गरी सुरु भएको कार्यक्रममा द्वित्तीय उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले राष्ट्रीय ध्वजा अभिवादन गरेका थिए ।वर्ष २१÷२२ का अध्यक्ष कपिलदेव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव भेषराज बाँस्तोलाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...