पोखरा महानगरको लेखा समिति संयोजकमा रानाभाट

पोखरा, असार २६ गते ।पोखरा महानगरपालिकाको लेखा समिति संयोजकमा झपट रानाभाट चयन भएका छन् । पोखरा महानगपालिकाको ११औँ नगरसभाले रानाभाटलाई सर्वसम्मत संयोजक चयन गरेको हो । संयोजक रानाभाट पोखरा २१ बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरुमा विष्णुमणी बराल, बलराम पौडेल, रामजी पौडेल, दुर्गा थापा केसी चयन भएका छन् ।विद्यायन समितिले महानगरलाई आवश्यक ऐन, कानून, नियमावली र कार्यविधि निर्माण लगायत संसोधनका लागि विधेयक तयार पार्ने काम गर्ने छ । विधायन समिति नगरसभाका सदस्यहरु मध्यबाट संयोजक र सदस्य चयन गर्नुपर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...