साउन, तनहुँ ५ गते ।मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब तनहुँको दुलेगौँडा बजारमा नै उपलब्ध रहेको छ । विना सर्भिसिङ सर्वाधिक दुरीमा गुडेर विश्व किर्मीमान गरेको मोटरहेड बाईकको शोरुम दुलेगौँडाका विजय थापाले सञ्चालनमा ल्याएका हुन । ग्रामिण क्षेत्रका लागि अति उपयुक्त हुने मोटरहेडका बाईकले ग्राहकलाई आकर्षित गराउदै जान थालेको सञ्चालक थापाले जानकारी दिए ।
उनले अन्य बाईकको तुलनामा यो बाईक तुलनात्मक रुपमा सर्वसुलभ र टिकाउ रहेको दावि गरे । ‘स्कुटरको मुल्यमा त यो वाईक नै आउँछ’ थापाले भने, ‘नेपालका २० शहरमध्ये दुलेगौँडामा पहिलो पटक सेवा प्रदान गरिएको हो ।’ उनका अनुसार यो बाईकको सात वटा प्रकार बजारमा पाईन्छ । तीन लाखदेखि चार लाख ५० हजारसम्म मुल्य रहेका मोटरहेडका बाईकहरु यस क्षेत्रका ग्राहकहरुलाई उपयुक्त रहेको छ ।
चिनमा उत्पादन भएको यो कम्पनीका बाईकहरुको मर्मतका लागि समेत आवश्यकका सामाग्रीहरु सहजै प्राप्त गर्न सकिने भएकाले ग्राहकको रोजाईमा बृद्धी भएको हुनसक्ने सञ्चालक थापाको विस्वास छ । अधिकाँश अन्य कम्पनीका बाईक चढ्नेहरुहरुले साटफेरका लागि आउने गरेको जानकारी दिदै छिट्ट ब्यवस्थापन पक्षलाई प्रभावकारी बनाएर सेवा दिने तयारी थापाले बताए ।