पोखरा, साउन १२ गते ।नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक तमु संघको केन्द्रिय समितिको बिस्तारित बैठक तथा भेला पोखरामा हुने भएको छ।साउन १४ गते शनिवार पोखरा जिरो किलोमिटरस्थित न्यु एरा पार्टी प्यालेसमा देशैभरका एमाले गुरुङ नेताहरुको भेला हुने भएको हो।
करिब २ सय नेताहरुको सहभागिता रहने बिस्तारित बैठक तथा भेलालाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन लोकतान्त्रिक तमु संघले गरेको छ।कार्यक्रमका लागि सचिवालयको जिम्मेवारी संघका महासचिव बेदबहादुर गुरुङ(श्याम) र सदस्य हुमबहादुर गुरुङ, आर्थिक एवम सहभागी दर्ता बैनबहादुर गुरुङ र भरतमान गुरुङ, होटल व्यवस्थापन सुरेन्द्र गुरुङ र डिवी गुरुङ, स्वयंमसेवकको जिम्मेवारी महेन्द्र गुरुङ, विष्णुकुमार गुरुङ र रमेश गुरुङ र अतिथि सत्कारको जिम्मेवारी कासीमाया गुरुङ, पवित्र गुरुङ, हरिमाया गुरुङ, बिनु गुरुङ र बालकुमारी गुरुङलाई दिइएको महासचिव बेदबहादुर गुरुङले जानकारी दिनुभयो।
भेलामा नेपाल लोकतान्त्रिक तमु संघका नेताहरु र नेकपा एमालेका गुरुङ अगुवा नेताहरुको देशैभरबाट सहभागिता रहने संघका उपाध्यक्ष मिनाकुमारी गुरुङले बताउनुभयो।बिस्तारित बैठकले नेपाल लोकतान्त्रिक तमु संघको गतिविधीलाई तिव्रता दिने लगायत विविध योजनाहरु तय गर्ने संघका अध्यक्ष किरण गुरुङले जानकारी दिनुभयो।