एमाले गण्डकीले सरकार विरुद्ध आन्दोलन गर्ने

पोखरा, साउन १७ गते ।नेकपा एमाले गण्डकी प्रदेशले वर्तमान सत्ता गठवन्धनले वढाएको भष्ट्राचार, महंगी, एमसिसि सम्झौता, एसपिपि, नागरिकता विधेयक, वजेटमा भएको नितिगत भष्ट्राचार, गण्डकी प्रदेश सरकारको वजेट दुरुपयोग र करका दरमा भएको वृद्धि जस्ता क्रियाकलापका विरुद्ध आन्दोलन संचालन गर्ने भएको छ ।

पार्टीले आफ्ना मातहतका पार्टी कमिटी र जनसंगठनलाई जनजिविकासंग सम्वन्धीत यस्ता मुद्दामा आम जनसमुदायलाई पनि गोलवन्ध गरि सचेत गर्दै आन्दोलनमा सहभागी गराउनको लागी अभियान चलाउन निर्देशन दिएको छ । जनविरोधी सरकारले जनता माथि गरेको यस्तो गतिविधिले देश श्रीलंका हुने हो कि ? भन्ने आवास भएको शंका ब्यक्त गदै जनता दिन प्रतिदिन महंगीको चपेटामा परेको उल्लेख गरेको छ । । यस्तो वेला सचेत दल र नागरिकहरु मुखदर्शक भएर वस्न मिल्दैन् एमाले गण्डकीले भनेको छ,त्यसकारण हामी यो सरकारको विरुद्धमा अभियान संचालन गर्न वाध्य छौं ।

गठवन्धन सरकारको केन्द्र र प्रदेशका गतिविधिीहरुले व्यवस्था माथि नै धावा वोल्न थालेको छ । जनताहरु राजनीति प्रति दिन प्रतिदिन वितृष्णा पैदा भईरहेको बताएकोछ । सरकार जनताको भन्दा पनि माफियाँ र विदेशीको गोटी वनेको छ आरोप लगाउदै राष्ट्रियता प्रति उदासिन छ । जनजिविको विषयमा सरकार मुकदर्शक जस्तो बनेको दावी गरेको छ । सरकार नै छन जस्तो छ आभाष छ ।

 

माफियाँहरुले सरकार संचालन गरेको अवस्था छ । देश गम्भिर दिशामा रहेको हुदाँ सचेत दल र नागरिकले यसको विषयमा आन्दोलन गर्नु आजको आवश्यकता भएको एमाले जनाएको छ । सरकारलाई जनताको पक्षमा लाग्नको लागी दवाव सृजना गर्नुपर्ने बताउदै राष्ट्रियता जोगाउनु पर्नेछ भनिएको छ । जनतालाई सचेत पार्दै राष्ट्रियतावादी अभियानमा लाग्न र राष्ट्रघाति गठवन्धनको विरुद्धमा सचेत पार्न जरुरी रहेको बताउदै आन्दोलनको विकल्प नभएको बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...