साउन २१,पोखरा ।पोखरा ७ मासबार स्थित महिला विकासका लागि आमा समुहको १८ औं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तुलसी बरालको अध्यक्षतामा २३ सदसिय नयाँ समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा अन्जु पण्डित , सचिवमा कमला बराल, सहसचिवमा उमा आचार्य , कोषाध्यक्षमा विजया बराल , सदस्यहरुमा रिता बराल, अनुपा बराल , समिक्षा बराल, संगिता बराल, सिता पौडेल , अनिता बराल , भागरथी बराल, सरस्वती पौडेल बराल, सरस्वती बराल ९सरु० , विनिता बराल , बिमला लम्साल ,पार्वती पौडेल, तारादेवी बराल , गंगा पौडेल, सावित्री पौडेल , कमला अधिकारी , शारदा अधिकारी र मञ्जु बराल रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिकाका वडा नं। ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा नं। ७ मा रहेका सम्पुर्ण सामाजिक संस्थालाई सकृय बन्न आग्रह गरे । आमा समुहले स्थापनाकाल देखि नै महिला सशक्तिकरण र सामाजिक विकासमा काम गदै आएको बताउदै नयाँ कार्यसमितिलाई समाजिक कार्यमा थप सकृयताका साथ लाग्न शुभकामना दिए ।
कार्यक्रममा पोखरा ७ का वडा सदस्य अर्जुन थापा , सिता लामिछाने , सुनिता सुनार , माछापुच्छे्र महिला क्लबका अध्यक्ष गिता पौडेल , सक्रिय दलित महिला समुहका अध्यक्ष पार्वती सुनार , पुस्करेस्वर महादेव मन्दिर व्यवस्थापनका अध्यक्ष पिताम्बर बराल , मासबार आमा समुहका उपाध्यक्ष कृष्ण कुमारी बराल , रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी , आमा समुहका सल्लाहाकार शोभा चन्द्र बराल , विष्णुहरि बराल , समुहकी सस्थापक अध्यक्ष महाकाली बराल , नेपाली काग्रेस पोखारा ७ इकाइ सभापति नविन बराल लगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा ७५ वर्ष पुरा भएका आमा चन्द्रकला बराल , भागिरथी बराल, धनमाया बराल , योगमाया बराल , फुलमाया बराल , गोमा बराल , बिमला शर्मा पौडेल , सावित्री बराल , रिखेश्वरी बराल , दुर्गा कुमारी बराल , छलि पौडेल सहित सक्रिय सदस्य नारायणी बराल , विष्णु पौडेल र देवकुमारी खनाललाई सम्मान गरियो । सो अवसरमा पोखरा ७ मासबारमा अवस्थित श्री कृष्ण माध्यमिक विधालयका २५ जना जेहेन्दार विधार्थाीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरियो ।समुहकी निवर्तमान अध्यक्ष मनमाया बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन अन्जु पण्डितले गरेकी थिइन ।