गण्डकी, २५ गते । सातौ राष्ट्रिय सामुदायिक दिवसको अवसरमा पोखराका तीन वटा वडालाई समेटेको मैदिपाखो सामुदायिक वनमा पहिरो गएको स्थानमाआज वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरियो ।२०७६ साल भदौमा गएको पहिरोमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको समन्वय एवम मैदिपाखो सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा बाँस, तेजपात, अमला लगायतका चार समय भन्दा बढी विरुवा रोपिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवमं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको संरक्षण गर्नु हामी सवैको दायित्व भएको बताउनुभयो ।सामुदायिक वनबाट प्राकृतिक श्रोत काठलाई मात्र आम्दानीको श्रोतका रुपमा हेर्न नहुने बताउँदै उहाँले काठको विकल्परुपमा सम्भाव्यता अध्ययनका आधारमा कृषि उत्पादनसंगै पर्यापर्यटनको विकास गरेर थपआय अर्जन गर्नेतर्पm लाग्नु पर्नेमाजोड दिनुभयो ।
सामुदायिक वनको संस्थागत सुदृढिकरण,पारदर्शिता र प्रभावकारी रुपमा संञ्चालन गर्ने र अगुमन,नियमन र सहजिकरण स्थानीय सरकारले गर्ने कानूनी व्यवस्थालाई कार्यान्वय नगर्ने हो भने वनविकासम ाथपजोड पुग्ने विश्वास व्यक्त गर्नुभयो ।पोखरा महानगरपालिकाका २८ का वडा सदस्यविरेन्द्र भण्डारीले सामुदायिकवनको विकास र थप उपयोगकालागि वडास्तरवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामुदायिकवन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सिन्दुपाल्चोकको ठोकर्पा सामुदायिक वनबाट २०३० साल साउन २५ शुरु भएको दिनलाई लोकतान्त्रिक सरकारले सामुदायिकवन दिवसका रुपमा मनाउन शुरु गरेको जानकारी दिनुभयो ।समुहका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वनमहासंघ गण्डकी प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, मैदापोखो सामुदायिकवन उपभोक्ता समुहका उपाध्यक्ष भरतराज न्यौपाने लगायतले वनको विकास र उपभोक्ताले पु¥याएको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । पोखरा २८,२९ र ३० पर्ने ५२ हेक्टर क्षेत्रफल पैmलिएको सो सामुदायिक वन समुहमा १२ सय उपभोक्ता आवद्ध रहेको समुहका सचिव आशमाया गुरुङले जानकारी दिनुभयो ।