एमालेमा जिम्मेवारी हेरफेर,कास्की इन्चार्जको जिम्मेवारी थापालाई

काठमाडौं । नेकपा एमालेले केही केन्द्रीय विभागका सचिवहरूको मनोनयन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न पार्टीबाट प्रवेश गरेका चारजनालाई केन्द्रीय सदस्यसमेत मनोनीत गरेको छ ।

 

एमालेले मधेस प्रदेशको सहइन्चार्जमा रामदयाल मण्डललाई जिम्मेवारी दिएको छ । त्यस्तै महोत्तरी जिल्ला इन्चार्जको जिम्मेवारी सरोज यादवले पाएका छन् ।

त्यस्तै धनुषा जिल्ला सहइन्चार्जमा प्रमोदनारायण यादवले जिम्मेवारी पाएका छन् । त्यस्तै पोखराको मेयरमा पराजित कृष्ण थापा कास्की जिल्ला इन्चार्जमा चयन भएका छन् भने भीम कार्की भूमि व्यवस्था विभाग उपप्रमुखमा मनोनीत भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...