पोखरा, साउन २८ गते । पोखरा महानगरपालिकाद्धारा सघन घाँस विकास कार्यक्रमको अनुदान वितरण गरिएको छ । पोखरा महानगरभित्र सघन घाँस खेती गर्ने ९३ जना किसानलाई १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ अनुदान वितरण गरिएको हो ।
पोखरा महानगर पशु सेवा शाखाद्धारा आयोजित एक कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुदान वितरण गर्नुभयो । पोखरा महानगरमा आर्थिक वर्ष २०७८÷७९ मा ४८९ रोपनीमा सघन घाँस लगाइएको र ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस उत्पादन हुने महानगर पशु सेवा शाखा प्र्र्र्र्र्र्र्र्र्र्रमुख नबराज अधिकारीले जानकारी दिनुभयो ।
१० रोपनी भन्द बढि लगाउने १३ जना, ५ देखि ९ रोपनीमा लगाउने २२ जना, २ देखि माथि र ५ रोपनी भन्दा कम लगाउने कृषकको संख्या ५८ जना रहेको अधिकारीले जानकारी दिनुभयो । महानगरले प्रति रोपनी ३ हजारका दरले अनुदान उपलब्ध गराएको छ । ९३ जना किसानले ६ हजारदेखि ६० हजार रुपैयाँ सम्म अनुदान प्राप्त गर्नुभएको छ । कार्यक्रममा सबैभन्दा बढि २० रोपनीमा घाँस लगाउने मिना तिवारी र नन्दप्रसाद पोखरेललाई ६०÷६० हजार रुपैयाँ अनुदान पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले हस्तान्तरण गर्नुभयो ।
अनुदान वितरण कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताउनुभयो ।उहाँले पोखरा पर्यटकीय सहर भएकाले यहाँ आउने पर्यटकलाई आवश्यक कृषि उपज उत्पादन गर्नसके कृषि क्षेत्रका लागि राम्रो हुने बताउदै घाँस र विउसंगसंगै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो चामलको ब्राण्डीङ गर्ने काम समेत गरिरहेको उल्लेख गर्दै कृर्षकका समस्या समाधानका गर्न महानगर तयार रहेको बताउनुभयो । पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषि उत्पादन गर्न महानगरले अनुदान कार्यक्रम ल्याएको बताउदै किसानका मागका आधारमा यस्ता कार्यक्रम ल्याइएको बताउनुभयो ।
कार्यक्रममा व्यवसायीक किसान गण्डकी प्रदेशका संयोजक दीपक तिमिल्सिनाले महानगरको अनुदानले किसानलाई राहत प्रदान गरेको बताउनुभयो । २० रोपनीमा घाँस लगाएर वापत २० हजार रुपैयाँ प्राप्त गर्नुभएका नन्दप्रसाद पोखरेलले पहिलो पटक सरकारी अनुदान प्राप्त गरेको भन्दै आफनालाई मात्र दिन्छ भन्ने गुनासा सु्न्ने गरेको तर त्यो गलत रहेछ । “मैले कसैलाई भनसुन पनि गरेको हैन । मैले खोजेको पनि हैन । महानगरले मलाई खोजीखोजी अनुदान दियो । काम गरे पाइन्छ भन्ने थाहा पाए ।”