पोखरा, भदौ ३ गते ।नागरिकता विधेयक विरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कास्कीले पोखरामा गरेको प्रदर्शन गरेको छ । नागरिकता विधेयक राष्टघाती रहेको भन्दै फिर्ता लिन माग गदै प्रर्दशन गरेको हो । पोखराको मानवअधिकारचोकबाट विरोध प्रर्दशन गदै महेन्द्रपुलमा पुगेर कोणसभाा परिरणत भएको थियो ।उनीहरुले नेपाली नागरिकताको नक्कल हातमा बोकेका थिए ।आजको भोली नागरिकता पाउने वितरण कार्यालय लेखेका थिए ।
उनीहरुले नागरिकता बेच्न पाइदैन, देश बेच्न पाइदैन जस्ता नारा लगाएका थिए ।कोण सभा युवा संघ कास्कीका अध्यक्ष पानबहादुर क्षत्रीले नागरिकता विधेक फिर्ता लिन गठबन्धन सरकारलाई आग्रह गरे । उनले नागरिकता विधेयक राष्टघाती रहेको आरोप लगाए । बिहिबार प्रतिनिधिसभाबाट नागरिकता विधेयक दोश्रो पटक पारित भएको हो ।
सरकारले समितिमा छलफल नगरि विधेयक पारित गरेपछि राष्टपति भण्डारीले पूनविचारका लागि संसदमा पठाएकी थिइन । राष्टपति भण्डारीले फिर्ता पठाएको विधेयक सरकारले बिहिबार प्रतिनिधिसभामा छलफल गरेर पारित गरेको थियो । प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि मतदान भएको थियो । विधेयमा १३५ मत परेको थियो ।