
शुभकामना व्यक्त गर्नुहुदै तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले तमु आदिवासीको पहिचान, हिजोको पुस्ताको मौलिक ज्ञान सिप, मौलिकता आउदो पुस्तालाई ज्ञान हस्तान्तरण कार्यक्रमले सहभागीहरुका निम्ति अति नै उपलब्धिमुलक हुने बताउनुभयो। हामी किन आदिवासी हौं, हामीलाई किन तमु(गुरुङ) भनिएको हो, हाम्रा अग्रजहरुको ज्ञान के थियो र कसरी पुस्ताहस्तन्तरण गर्न सक्छौं भन्ने बारेमा दुईदिने तालिम महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सोनी लामाले संस्थाको बारेमा जानकारी दिनुहुदै विगतदेखिको गतिविधीका साथै दुईदिने तालिमको बारेमा जानकारी गराउनुभएको थियो।