पोखरा,भदौ ५ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तमुहरुको भाषा, संस्कृति लोप हुदै गएकाले नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तान्तरण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘तमु भाषा, सस्कृति लोप हुदै गएको छ । यसको संरक्षण गर्नुपर्छ ।’

उहाँले तमु समुदायको अधिकारको खोजी र भाषा, सस्कृतिको पुस्तान्तरण गर्न तमुधीँ नेपाल लगायत सघसस्थाले काम गरिरहेको बताउनुभयो । आफनो भाषा, संस्कृतिको संरक्षण गर्न सनके लोप हुने बताउदै उपप्रमुख गुरुङले सवै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।‘धर्मा, संस्कार र संस्कृति सरक्षण गर्नसके जीवन्त रहन्छ नत्र लोप हुन्छ ।त्यसैले नयाँ पुस्तालाई आफनो भाषा, संस्कृति बारे सिकाउनुपर्छ ।’ तमुधी नेपालका अध्यक्ष होमबाहदुुर गुरुङले समुदायको मौलिक, ज्ञान बारे नयाँ पुस्तालाई सिकाउन आवश्य रहेको बताउनुभयो । उहाँले संस्कृति, तमुपन लोप भएको छ । त्यो पुस्तान्तरण हुनुपर्छ भन्दै पहिलो चरणमा गण्डकी प्रदेशका जिल्लाहरुबाट चेलीहरुलाई पोखरामा ल्याएर सिकाउने कामको सुरुवात भएको बताउनुभयो । तमुधी नेपालले तमु संग्रहालय स्थापना गरेको बताउदै उहाँले भन्नुभयो,‘यो संग्रहालयमा सिक्लेसदेखि ताप्लेजुङसम्मका तमु समुदायको सस्कार र संस्कृति भिडियोमा हेर्न सकिने छ।’
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सोनी लामाले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।दुईदिने सम्म चलेको तालिममा कार्यक्रमको संयोजक बिन्ती गुरुङले तमु किशोरीहरुमा साँस्कृतिक पुनरुत्थान अति नै आवाश्यकता देखिएकाले तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । तालिममा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको बताउनुभयो।
तलिममा सहजकर्ता कमल राईले आदिवासी जनजातिका ज्ञान, सिपका साथै पुस्तान्तरणका बारेमा, पच्यु होमन गुरुङले तमु संस्कार सँस्कृतिका साथै जैविकताको बारेमा सहजीकरण गर्नुभएको थियो।