मानव सेवाआश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

आफ्नो स्थापनाको २३ औं बर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवाआश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । समाज स्थापनाको दिनपारेर समाजका अध्यक्ष कपिल पोखरेल सहितको पदाधिकारीहरुले आश्रमलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

करिब २० हजार मुल्य बराबरका खाद्य सामाग्री आश्रमकी अभियान्ता सम्झना बास्तोला तथा अभिभावक सोभा गौतमलाई समाजका अध्यक्ष कपिल पोखरेलले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमा बोल्दै आश्रमकी अभियान्ता सम्झना बास्तोलाले गोरखा मिलन समाज पोखराले गरेकोे सहयोगलाई धन्यवाद दिदै यस्ता सहयोगी हातहरु निरन्तर आउने अपेक्षा गर्नुभयो । उहाँले हालमानव सेवाआश्रममा ६३ जना महिलाहरु र ६ जना कामगर्नेहरु बस्दै आएको बताउँदै सबैको सहयोगले आश्रम चल्दै आएको बताउनुभयो ।

 

गोरखा मिलन समाजका अध्यक्ष कपिल पोखरेलले समाजको तर्फबाट आफैले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता सहयोगहरु फेरी पनिगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव सेवाआश्रम सहयोग कार्यक्रमको संयोजन समाजकी सह कोषाध्यक्ष गीता खनालले गर्नुभएको थियो भने समाजले आफ्नो स्थापनाको २३ औं बर्षको अवसर पारेर समाजले हरेक बर्ष बिभिन्नठाउँमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...