चुनाव अघि सातै प्रदेशका उम्मेदवारलाई लौरो हस्तान्तरण

पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर संसद छिर्ने योजनामा रहेका अभियन्ताहरुको समुह लौरो अभियानले चुनाव अघि नै आफ्ना उम्मेदवारी घोषणा गरेका अभियन्तालाई लौरो हस्तान्तरण गर्ने भएको छ । भदौ २६ गते बसेको स्वतन्त्र तथा लौरो अभियानको बैठकले दशैं अघि नै प्रचारप्रसार तिव्र पार्ने निर्णय गरेको हो ।

अभियान संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको केन्द्रिय बैठकले दशैं अघि नै सातै प्रदेशमा चुनावी प्रचारप्रसार तिव्र पार्ने निर्णय गरेको हो । वैकल्पिक शक्ति तथा स्वतन्त्र अभियानका सबै पक्षहरुसँग सहकार्यका लागि अभियान संयोजक सुमन सायमीको नेतृत्वमा वार्ता टोली गठन गरेर अघि बढ्गने अभियानका प्रवक्ता हरि कार्कीले जानकारी दिए ।

 

साथै भदौ ३१ मा लुम्बिनी प्रदेश असोज १ गते गण्डकी प्रदेशमा प्रदेश स्तरिय स्वतन्त्र उम्मेदवारलाई लौरो प्रारम्भिक रुपमा लौरो चुनाव चिन्ह हस्तान्तरण गर्ने निर्णय भएको उनले बताए । लुम्बिनी प्रदेशको कार्यक्रमका लागि इशा खड्का तथा गण्डकी प्रदेशका लागि संयोजक जीवन गुरुङलाई जिम्मेवारी सुम्पिएको छ ।

 

यस्तै स्वतन्त्र युवा परिचालनका लागि अभियानका युवा परिचालन संयोजक अभिमन्यु पाण्डे छन् भने दशैं अघि सातै प्रदेशमा स्वतन्त्र उम्मेदवारलाई लौरो चुाव चिन्ह हस्तान्तरण गरिने छ । स्वतन्त्र उम्मेदवारी दिनका लागि निरन्तर सावृजनिक आह्वान गरेर ह्वाट्स एप नम्बर ९८५६०३१०१८ मा उम्मेदवारी परिचय सहित आवेदन दिन अनुरोध गर्न अभियानले आह्वान गरेको छ ।

प्रारम्भिक छनौटमा परि लौरो चुनाव चिन्हबाट उम्मेदवारी घोषणा गरेका अभियन्तालाई केही जिल्लामा विभिन्न प्रलोभन, डर, त्रास, धम्की दिइएकोमा अभियानको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । यस्ता गतिविधि नगर्नका लागि पनि उनले आग्रह गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...