अर्जुन नेपाली स्मृति संगित पुरस्कार गायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने

पोखरा, २९ भदौ ।यस वर्षको अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ ।सल्लाहकार कृष्ण बहादुर श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार योग्य प्रतिभा चयन समितिको सिफारिसमा विगत तीन दशक बढी अनवरत रुपमा नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल भई देश विदेशमा कार्यक्रम गर्नुका साथै सम्मान तथा अभिनन्दन प्राप्त गरिसक्नुभएका लोक गायक पुरुषोŒाम न्यौपानेलाई यस पुरस्काबाट सम्मानित गर्ने निर्णय गरिएको छ बुधबार प्रकाशित प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

वि.सं. २०६२ सालमा स्थापित अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट हाल सम्म वरिष्ठ लोक गायीका विमा कुमारी दुरा, हिमाली सांस्कृतिक परिवार, वरिष्ठ लोक गायक प्रजापति पराजुली, संगीतकार वी.वी अनुरागी, गायक विवेक श्रेष्ठ, संगीतकार राजकुमार श्रेष्ठ, गायक खड्ग गर्बुजा र गायीका अजुदा थापा पुरस्कृत भईसक्नुभएको छ।

हाल उक्त पुरस्कारको राशि नगद रु.१०,००० (दस हजार) र सम्मान पत्र रहेको छ ।संगीत प्रशिक्षण केन्द्रको स्थापनाकालिन संस्थापक, प्रशिक्षक स्व. अर्जुन नेपालीले केन्द्रमा भायोलिन प्रशिक्षण र अन्य प्रशिक्षण निःशुल्क गराउनुका साथै लामो समय केन्द्र र नेपाली संगीतको श्रीवृद्धिमा पु¥याउनु भएको योगदानको कदर स्वरुप केन्द्रको विशेष पहल र पछि पारिवारिक श्रोतबाट समेत कोष थप गरि प्रत्येक दुई दुई वर्षमा नेपाली संगीतको उत्थानमा योगदान पु¥याउनुहुने व्यक्ति वा संस्थालाई प्रदान गर्दै आइरहेको अर्जुन नेपाली पुरस्कारको इतिहास रहेको छ । पुरस्कारको अक्षयकोष राशि रु.२,००,५०५ (दुई लाख पाँच सय पाँच) रहेको  छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...