पाेखरा, असाेज १३ गते ।पाेखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिकाे नेतृत्वमा आज भेडा च्याङ्गाकाे अनुगमन गरिएको छ ।पाेखराकाे याम्दिमा बेच्न का लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डाेल्पाबाट ल्याइएका भेडा र च्याङ्गा खानका लागि स्वस्थ र याेग्य भए नभएकाे जाँच गरिएको पाेखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पाैडेलले जानकारी दिनुभयाे ।
अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङ्गा बिक्री नगर्न ब्यवसायिलाई जानकारी गराइएकाे महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताउनुभयाे ।उहाँले १५ वटा भेडा, च्याङ्गाकाे स्याम्पल लिइएकाे र त्यसबाट स्वस्थ पाइएकाे र खान याेग्य रहेकाे पाइएकाे बताउनुभयाे ।उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ काेइरालाले भेडा च्याङ्गकाे मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिनुभयाे । उहाँले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिनुभयाे ।उहाँ मूल्य निर्धारण बैज्ञानिक नभएकाे बताउदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुराेध गर्नुभयाे । पाेखरा महानगरकाे उपभोक्ता हित संरक्षण समितिका संयाेजक एंव पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियाे ।पाेखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएकाे थियोे । अनुगमनका मुल्यसुचि नराखेकाे, ब्यवसाय दर्ता नचएकाे, दर्ता भएका पसलकाे नविकरण नभएकाे र किलाकाटा दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएकाे पाइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताउनुभयाे । एक सातामा २० ब्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएकाे उहाँले बताउनुभयाे ।पाेखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हाे । अनुगमनमा पाेखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।
सम्बन्धित खवर
टिप्पणिहरु