नवौँ राष्ट्रिय खेलकुद २०७९ को ट्रफी पोखरामा सार्वजनीक

प्रतियोगिताको पूर्व सन्ध्यामा सातै प्रदेशको भ्रमणमा रहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गृह नगरमा ग्रहण गर्नुभएको छ ।
ओलम्पियन दीपक विष्टले नगर परिक्रमा पश्चात् महानगरपालिकाका प्रमुख आचार्यलाई सो ट्रफी हस्तान्तरण गर्नुभएको हो । विष्टको संयोजकत्वमा खेलाडीहरूको टोलीले ट्रलीलाई मुलुकका प्रमुख सहर परिक्रमा सहित प्रदर्शन गरी आयोजक प्रदेश गण्डकीमा ल्याईपुर्याएका हुन् ।नगर परिक्रमा पूर्व पोखराको मानवअधिकार चोकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबारै सो ट्रफी सार्वजनिक गर्नुभएको थियो । तत्पश्चात् ट्रफीलाई पोखराका मुख्य चोकहरूमा प्रदर्शन सहित परिक्रमा गरी बाराहीचोकमा नगर प्रमुख आचार्यलाई हस्तान्तरण गरिएको हो ।
ट्रफी ग्रहण गर्दै प्रमुख आचार्यले झन्डै चार दशक पछि गण्डकी प्रदेशमा हुन गइरहेको राष्ट्रिय खेलकुदको महामेलामा सहभागी हुन आउने हजारौँ खेलाडीहरूलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभयो ।उपाधि जित्नु वा विजयी हुन हर खेलाडीको लक्ष्य हुने भन्दै उहाँले ट्रफी माथिको जितका लागि अनुशासन पूर्वक आफ्नो खेल कौशल प्रस्तुत गर्न खेलाडीहरूलाई आग्रह समेत गर्नुभयो ।हाल उक्त ट्रफी प्रदेश प्रहरी कार्यालयलाई जिम्मा लगाइएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...