महिलाहरु निर्णायक भूमिकामा आउनुपर्छ :उपमेयर गुरुङ

पोखरा, ३१ असोज । पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले महिलाहरु नेतृत्व र निर्णायक भूमिकामा आउनुपर्नमा जोड दिनुभएको छ । उहाँले अधिकार प्राप्तिका आन्दोलनहरु सम्पन्न भएर संविधानले अधिकारको ग्यारेन्टी गरेको छ उहाँले भन्नुभयो, अव त्यसको कार्यान्वय र महिलाहरुले नेतृत्व तहमा आउने गरी स्थािपत हुनुपर्छ । उहाँले ५३ प्रतिशत महिलाको जनसंख्यालाई जनशक्तिका रुपान्तरण गर्नुपर्ने बताउदै सामाजिक, राजनीतिक रुपमा स्थापित हुन आफना अधिकार, कानुनी ब्यवस्था र आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

समाजमा महिलाले नेतृत्व गरेका संघ, संस्थाहरु सफल भएको बताउदै भन्ुभयो, यो हुनुको कारण हो महिला जहाँ रहेपनि इमान्दारीकासाथ काममा खटिएका हुन्छन् ।पोखरा महानगपालिका वडा नं ३ नदिपुरमा रहेको महिला मिलन समूहको २१औं वार्षिक साधारणसभा तथा १५औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर गुरुङले अब महिला सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा सशक्त भएर आउनु पर्नेमा जोड दिनुभयो ।

 

उपमेयर गुरुङले महिला शसक्तिकरणको लागि तालिमको आवश्यकता भएको खण्डमा वडा वा महानगरले सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अबका महिला आफ्नो निर्णय आफैंले गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो । वडा नं ३ का अध्यक्ष प्रकाशमान उदासले महिला दिदिबिहिनी चुलोचौकोमा मात्रै सिमित नरहि समाजमा केहि गछौं भनेर लागेकोमा खुसि व्यक्त गर्नुभयो। उहाँले आत्मविश्वास बढाएर अघि बढ्न र केहि गर्न चाहेका योजनाहरु भए वडामा आउन पनि आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पँगेनी, एमाले समानुपातिक तर्फका उम्मेदवार नेत्री राजकुमारी भुजेल, नेपाली कांग्रेस प्रदेश ३ ख का उपसभापति दिलिप गिरी, वडा नं ३ का सदस्य सनकमान सिके, लक्ष्मी पराजुली लगायतले बोल्नुभएको थियो ।कार्यक्रममा समूहले संस्थाका आजिवन सदस्य चन्द्रकला पराजुली, मालती घिमिरे, चित्रकला पराजुली, शान्ती पराजुली, मीठुकला अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । यस्तै जेष्ठ सम्मान हरिमाया पराजुलीलाई गर्यो । योगदानको कदरस्वरुप भगवती हमाल र कमला केसीलाई सम्मान गर्यो ।

 

समूहका सचिव विन्दु पाण्डेले संचालन गरेको कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष देवी पराजुलीले गरेकि थिईन । समूहको १५औं अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...