राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्की को २१औ बार्षिक साधारण सभा एवम् ८औ जिल्ला अधिबेशन बाट निर्वाचित कार्यसमिति का पदाधिकारी सद्स्यहरुकाे पदस्थापन कार्यक्रम सम्पन्न भएकाे छ । गत शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा तुलसा जिसी चयन भएकि थिइन ।पदस्थापन कार्यक्रममा बाेल्दै लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष प्रजापति पराजुलीले काम गर्ने ब्यतिले नेतृत्व र जिम्मेवारी पाउने बताए । लाेक तथा दाेहाेरीगीतमा अनुशासन कायम राख्दै कार्यकाल सफल बनाउन शुभकामना दिए । उनले कास्की जिल्ला देशकै लागि नमुना बन्नुपर्ने बताए । कार्यक्रम लाेक तथा दाेहाेरीगीत प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, पत्रकार श्याम कुवर लगायतले प्रतिष्ठानकाे शाख उच्च बनाउन सुझाव दिए । नवनिर्वाचित अध्यक्ष र पदाधिकारीले न्युराेडमा रहेकाे कार्यालयमा पदस्थापन गरेका छन ।कार्यक्रम नवनिर्वाचित अध्यक्ष तुलसा जिसीकाे अध्यक्षतामा भएकाे थियाे भने संचालन सहसचिव रचित पाैडेलले गरेका थिए ।
