अन्नपूर्ण, ५ कात्तिक/पाँच दलिय गठबन्धन देशको आवश्यकता तथा अपरिहार्यता भएकोमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोडदिनु भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. २ र ३ को आज (शनिबार) सम्पर्क कार्यालय उद्घघाटन कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो । उहाँहरुले अहिलेको गठबन्धन कृर्तिम नभई प्राकृतिक भएको दावी समेत गर्नुभयोे ।

कांग्रेस महासमिति सदस्य आइबहादुर गुरुङले संविधान तथा राष्ट्रियताको रक्षाका लागि गठबन्धन भएको स्पष्ट पार्दै खुल्ला दिलले जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले उम्मेदवार कांग्रेस, माओवादी लगायत पार्टीका नभन्न नेता कार्यकर्तालाई सुझाव दिर्दै उम्मेवारहरु गठबन्धनको साँझा भएको स्पष्ट पार्नुभयो ।
प्रतिनिधिसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजीप्रसाद बराल जीवनले गठबन्धन पवित्र भएको चर्चा गर्दै लोकतान्त्रीक वामगठबन्धनले मात्रै देशलाई समृद्धितर्फ लैजाने दावी गर्नुभयो । गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहनु भएको उहाँले अन्नपूर्णको समृद्धिका लागि पर्यटन, कृषि र रोजगारी सँगसँगै लैजानुपर्ने पनि बताउनुभयो ।
प्रदेशसभाका उमेद्वार कांग्रेस नेता प्रकाश बरालले पर्यटनको राजधानीको मुहान अन्नपूर्ण रहेको औँल्याउँदै गाउँपालिकामा पर्यटनसँगै खेल पूर्वाधार विकास गर्न आफूले विशेष पहल गर्ने जनाउनुभयो । नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले गठबन्धनबाट सक्षम उमेद्वार निर्वाचनमा होमिएको उल्लेख गर्दै विजय सुनिश्चित रहेको दावी गर्नुभयोे।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा विक, कांग्रेस जिल्ला उपसभापति युवराज कुँवर, गठबन्धनमा नेताहरु पोषनाथ शर्मा, त्रिभुवन पौडेल, राजबहादुर गुरुङ, सुशिल भट्टचन, डिल्लीराम पौडेल, विष्णुप्रसाद पौडेल, युवराज गुरुङ, यमप्रसाद भण्डारी, होमनाथ अधिकारी, ताराप्रसाद अधिकारी लगायतले पनि भनाई राख्नुभयो ।
उहाँहरुले गठबन्धनले चुनाव नजिते देश अप्ठ्यारो अवस्थामा धकेलीने, एउटै डुङगाका यात्री गठबन्धन दल रहेको, गठबन्धन प्रतिगमन बिरुद्धको आन्दोलन भएको, गठबन्धनलाई हार्ने छुट नभएको, बिपक्षी गठबन्धन राजावादी बोकेर हिडेको, अहिलेको चुनाव रणनीतिक रहेको लगायत औँल्याउनुभयो ।