हत्याकाे आराेपमा ५ जना पक्राउ

 मोरङ, १४ कात्तिक ।झापा दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको
अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।                                                                    पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना
किशोर रहेका छन् ।
उर्लाबारी नगरपालिका-७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा
उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...