कृषि र पर्यटनमा बरालको अर्जुनदृष्टि

पोखरा २२, कात्तिक/देश संघीय संरचनामा गैसकेपछि पहिलो पटक २०७४ सालमा प्रदेश सभा संरचनाको निर्वाचन भयो । तत्कालीन नेकपाले मुलुकका ६ वटा प्रदेशमा एकल बहुमतको सरकार बनायो ।सोही अनुरुप गण्डकी प्रदेशमा पनि नेकपाको सरकार बन्यो । गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डलमा कृषि मन्त्री थिए, नेकपा (माओवादी) केन्द्रका नेता लेखबहादुर थापा । उनी कृषिमन्त्री भएपछि प्रदेशका किसानलाई तरंगित पार्ने गरी एउटा कार्यक्रम ल्याए । त्यो कार्यक्रम हो, जग्गाको चक्लाबन्दी मार्फत सामुहिक खेती ।

यो कार्यक्रम प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भयो । प्रदेश सरकारको अनुदानमा सञ्चालन भएको उक्त कार्यक्रम कास्कीको माछापुछ«ेमा पनि सञ्चालन भएको थियो । करिब ३ सय रोपनी जमीनमा सञ्चालन भएको उक्त कार्यक्रमबाट घाचोकका किसानले मनग्ये फाईदा उठाएका छन् ।
कृषिमन्त्री थापाले कार्यक्रम सञ्चालन गरेपछि पछाडीबाट द¥हो साथ दिने प्रदेश साँसद थिए, रामजी बराल । उनको भरपर्दो ‘व्याक सपोर्ट’ का कारण घाचोकका किसानले अहिले पनि सो कार्यक्रमको प्रशंसा गर्छन् ।
उनै बराल अहिले सोही क्षेत्र समेटिएको कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार छन् । निर्वाचन अभियानका क्रममा उनले पटक पटक उक्त कार्यक्रम सम्झिरहेका छन् ।मतदातासँगको भेटघाटका क्रममा उनले धेरै ठुला सपना बाँडेका छैनन् । तत्स्थानको सम्भावनाको उजागर गरेका छन् । उनको क्षेत्रमा दुईवटा गाउँपालिका छन् । अन्नपूर्ण र माछापुछ«े । यि गाउँपालिकाको आर्थिक आधार भनेको कृषि र पर्यटन नै हो । निर्वाचन अभियानका क्रममा उनले कृषि पर्यटन नै आर्थिक विकासको आधार भएको बताएका छन् ।चुनाव प्रचार अभियान अन्र्तगत कास्कीको माछापुच्छ«े गाउँपालिका २ स्थित सार्दीखोलामा मंगलबार आयोजित कोण सभामा सम्बोधन गर्दै उमेदवार बरालले नेपालको आर्थिक विकास र समृद्धिको मुल आधार मै कृषि पर्यटन भएको बताएका हुन् ।
उनले भने “कृषिप्रधान हाम्रो मुलुकमा घरगाँउका धेरै जग्गा अझै पनि बाँझै छन, पर्यटकीय गाँउहरुको प्रबद्र्धन गर्न बजारबाट टमटर र तरकारी गाँउ लगेर स्थानिय उत्पादनको कुनै प्रबद्र्धन हुदैन् यसले हामीलाई आत्मनिर्भर भन्दा परनिर्भर बनाउने छ । ”संविधान रक्षा र प्रतिगमनलाई पराष्त पार्न पनि पवित्र गठबन्धन आवश्यक भएको बताउदै उमेदवार बरालले आफु नेपाली कागेंस, एकिकृत समाजबादी, माओबादी केन्द्र सहितको ५ दलीय गठबन्धनको साझा उमेदवार भएको दाबी गरे । सार्दी खोला बाटोको डिपिआर भई सकेको उल्लेख गर्दै उमेदवार बरालले उक्त सडक बाटो सरर् पिच हुने गरी आवश्यक पहल गर्ने जनाए । पालिका जोड्ने रातोपानीको पुल केही समय अघि आफैले शिल्यान्स गरेको उल्लेख गर्दै उनले यसै बर्ष भित्र उक्त पुल निर्माण कार्य सम्पन्न हुने दाबी गरे । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले खादरजुङ स्कुलको संरक्षण सहितको बाटो, खानेपानी, सिचाई सहित स्थानिय आमा समुहहरुको भवन निर्माणमा सक्दो सहयोग गर्ने जनाए ।
उमेदवार बरालले भने “हामी जनताको सेवा गर्न नै उभिएका हौं, तपाईहरुले पठाएर ५ बर्षीय कार्यकाल विताउदै गर्दा भोलिका दीनमा थप जिम्मेवार पाउने हामीले पूर्ण विश्वास लिएका छौं । ” कास्की निर्वाचन क्षेत्र ३ ( १ ) का प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले रामजी बरालको पहलमा सुरु भएका बाँकी काम पूरा गरी जनताको आवश्यकताको आधारमा अघि बढ्ने जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...