
सभापति शर्माले नेपाली कांग्रेस लगायतको गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने भएको हुँदा गण्डकी प्रदेशवासीहरुले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेका थिए। उनले भने “निर्वाचन मुलुकमा सधै अस्थिरता निम्त्याउने, संविधान विरोधी, जनताको अधिकार कटौती चाहने, राज्यका सबै अङ्गलाई तहसनहस बनाई मुलकमा भय–त्रासको वातावरण निर्माण गरी मनपरि तन्त्र मच्चाउने प्रतिगमनकारी अधिनायकबादीहरु र संविधानको रक्षा गर्न चाहने, स्थायित्व, शान्ति र विकासको पैरवी गर्ने प्रजातन्त्रको आधारमा विकाश अगाडि बढाउने शक्तिहरु बीचको जनमत सङ्ग्रह यो निर्वाचन भएको हुँदा अफ्नो मतको सही सदुपयोग गर्नुहोला ।”