काठमाडौँ, पुस २६ गते । प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ११ बजेलाई तोकिएको बैठक १ बजेका लागि सरेको बताउनुभयो ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए । विश्वासको मत दिने-नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ । यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
संविधानअनुसार धारा ७६(४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।