राष्ट्रिय माविका विद्यार्थीसंग पाेखरा महानगर न्यायिक समिति

पोखरा, असार १५ गते  ।  वडा तहमा हुने विवाद  निरुपणका लागि नेपालकाे संविधानले स्थानीय तहमा न्यायिक समितिकाे व्यवस्था  गरेकाे छ। समाजमा हुने विवाद ठुलाे बन्ने र त्यसले समाजमा नकारात्मकता सृजना गर्ने भएकाले विवादलाई स्थानीय स्तरमै समाधान गरेर शान्ति र सद्भाव कायम गर्ने उदेश्यले न्यायिक समितिकाे अवधारणा ल्याइएको छ ।

नेपालमा रहेका ७५३ स्थानीय तहमा उपप्रमुखकाे संयाेजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएका छन । समितिहरुले न्यायिक सम्पादनकाे काम गरेपनि जनस्तरमा प्रचार नहुदाँ प्रभावकारी हुन सकेकाे छैन ।

न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत पहुँचमा पु¥याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् ।

 

न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै यसको बारेमा जानकारी दिने उद्देश्यले पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयहरु र ज्येष्ठ नागरिकसंग न्यायिक कार्यक्रम सञ्चालन गरेकाे छ ।

 

साेहि कार्यक्रम अन्तर्गत पाेखरा महानगरपालिका वडा नम्वर १ मा रहेकाे राष्ट्रिय माविमा  ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया’ कार्यक्रम सम्पन्न गरेकाे छ ।प्रेेस क्लब गण्डकीकाे आयाेजना र महानगर न्यायिक समितिकाे सहयाेगमा राष्ट्रिय माविमा शुक्रबार अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएकाे  हाे ।

 

 

पोखरा महानगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनले व्यवहारलाई नियमबद्ध पार्न सघाउने हुनाले कानून सबैले जान्नुपर्ने विषय रहेको बताउनुभयाे । ‘ सद्भावपूर्ण समाजको निर्माणाका लागि समिति प्रभावकारी रहेकाे र यसले  शान्ति, सद्भाव फैलिन्छ,’ उहाँले भन्नुभयो  ‘विद्यार्थीहरुका माध्यमबाट न्यायिक समितिलाई जनस्तर सम्म पुर्‍याउन सहज हुन्छ  ।’

 

गुरुङले कसैलाई पनि अन्याय हुन नहुने बताउदै न्यायमा सबैको समान पहुँचका लागि पनि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको उहाँको भनाइ थियो । तर, न्यायमा सबैको समान पहुँच पुग्नुपर्ने भए पनि कानून निर्मम हुने उहाँकाे भनाई थियाे ।

 

 

कानूनबाट कोही पनि उम्किन नपाउने भएकाले सबैले कानूनबारे जानकार हुनुपर्ने बताउदै  विद्यार्थीले अन्य विषयको ज्ञानसँगै कानूनको ज्ञान पनि लिन जरुरी रहेको उहाँको भनाइ थियो ।

 

 

कार्यक्रममा  पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष साहारा प्रधानले न्यायिक समितिले  विद्यालयस्तरदेखि नै कानूनी चेतना फैलाउने अभियान थालेको भन्दै खुसी व्यक्त गर्गनुभयाे । विद्यालयस्तरदेखि नै कानूनी ज्ञान भए विद्यार्थीहरुलाई व्यवहारिक हुन सहज हुने धारणा ब्यत्त गर्नुभयाे । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  र प्रेेस क्लब गण्डकीका सचिव गाैरब त्रिपाठी र काेषाध्यक्ष राजु गिरीले बाेल्नुभएकाे थियाे ।

 

 

कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पाेखरेलले न्यायिक समितिकाे गठन प्रकिया, समितिका अभिलेख संरक्षक राममणी अधिकारी र मेलमिलाप संयाेजक साेम लम्सालले संवैधानिक व्यवस्था र अधिकार क्षेत्र बारे प्रशिक्षण दिनुभएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...