तमुहरु हरेक क्षेत्रमा अघि बढ्न लोकतान्त्रिक तमु संघः नेतृ गुरुङ

असार/लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतमा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ।

कास्की जिल्ला, रुपमा गाँउपालिका वडा नं.६ स्थित फालडाँडामा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा रुपा गाँउपालिका इञ्चार्ज एवम पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनले लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिका कमिटि सर्वसम्मत चयन गरेको हो।

 

कमिटिको उपाध्यक्षहरुमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, बिकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, संजित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ चयन हुनुभएको हो।

 

नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित अध्यक्ष गुरुङले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

 

बन्दसत्र सञ्चालन एवम नेतृत्व चयनका लागि लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङको संयोजकत्वमा बैन बहादर गुरुङ,विष्णुकुमार गुरुङ, लालसुब्बा गुरुङ, चन्द्रबहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, टेक बहादुर गुरुङ र नारायण गुरुङ रहेको अध्यक्ष मण्डल एवम निर्वाचन समिति रहेको थियो।

 

यस अघि अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवम पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले लोकतान्त्रिक तमु संघको रुपाको प्रथम अधिवेशनले उत्कृष्ट पालिका बनाउने नेतृत्व चयनका लागि शुभकाना व्यक्त गर्नुभएको थियो। उहाँले तमुहरु हरेक क्षेत्रमा बघि बढ्नका लागि लोकतान्त्रिक तमु संघ स्थापित एवम क्रियाशिल रहेको बताउनुभयो।

 

नेकपा एमाले रुपा गाँउपालिका इञ्चार्ज समेत रहनु भएकी नेतृ गुरुङले नेकपा एमाले पछि परेका वर्ग जातिको उत्थान गर्ने पार्टी हो र त्यसैको जनवर्गिय संगठनको घटक संघ लोकतान्त्रिक तमु संघ भएकाले तमुहरुलाई हरेक क्षेत्रमा अघि बढाउन लोकतान्त्रिक तमु संघ आवाश्यक भएको बताउनुभयो। तमुहरु सबै क्षेत्रमा उत्कृष्ट बन्नुपर्छ, राजनीतिकदेखि हरेक क्षेत्रको नेतृत्व तहमा पुग्न लोकतान्त्रिक तमु संघमा गोलबन्द हुनुपर्नेमा जोड दिनुहुदै तमु जातिको भाषा, कला, संस्कार संस्कृति, धर्म संरक्षण एवम अधिकारका लागि लोकतान्त्रिक तमु संघ क्रियाशिल रहने उहाँको शुभेच्छा रहेको थियो।

 

कार्यक्रममा रुपा गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, लोकतान्त्रिक तमु संघ केन्द्रिय उपाध्यक्ष(प्रवास) गमबहादुर गुरुङ, केन्द्रिय कोषाध्यक्ष बैनबहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष कर्णबहादुर गुरुङ, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष एवम कास्की इञ्चार्ज पवित्रादेवी गुरुङ, नेकपा एमाले रुपा गाँउपालिका कमिटि सचिव टेकबहादुर गुरुङ, वडा नं. ५ कमिटि अध्यक्ष राजन खनालले शुभकामना व्यक्त गर्नुभएको थियो।

 

लोकतान्त्रिक तमु संघ कास्कीका अध्यक्ष नारायण गुरुङको अध्यक्षता, सचिव डबिन गुरुङको संचालन र उपाध्यक्ष कृष्णकुमारी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा स्थानिय आमा समुह, क्लवहरुबाट र लोकतान्त्रिक तमु संघ कास्कीको कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...