लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीद्वारा बृक्षारोपण

पाेखरा, भदौ १३ गते ।लायन्स क्लब अफ पोखरा फेवा फिष्टेल सिटीको आयोजनामा पोखरा-५ , मालेपाटन ( शान्ति मार्ग ) को मूल शडकमा ट्री गार्ड सहितको बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

क्लवका अध्यक्ष जनार्दन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२५ एल का चिफ अफ ए ओ जी अमृत बरालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशेष अतिथि पोखरा-५, जनप्रतिनिधि वडा सदस्य गोविन्द पराजुली रहनु भएको कार्यक्रममा स्वागत मन्तब्य क्लब  पूर्व अध्यक्ष  झम्कनाथ पोख्रेलले गर्दै कार्यक्रमको प्रकाश पार्नु भएको थियो ।

 

 

डिष्ट्रीक ३२५ एल का द्वितीय उपाध्यक्ष एकनारायण शर्मा, को-चिफ एडभाइजर बाबुराम अधिकारी, डिष्ट्रीक फाइनानशियल एडभाइजर केदार ढकाल,  डिष्ट्रीक डिपार्टमेन्ट चिफ ( बृक्षारोपणाका संयोजक, गण्डकी ) झम्कनाथ पोख्रेल, जोन चियर पर्सन भुमिजङ्ग के सी, क्लब प्रथम उपाध्यक्ष  महेशकुमार सिग्देल, क्लब तृतीय उपाध्यक्ष यमप्रसाद पौडेल, क्लब एड्मिनिष्ट्रेटर धर्मदत्त शर्मा, क्लब डाइरेक्टर दिपक पौडेलका साथै स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रमको उद्घाटन क्लबका अध्यक्ष जनार्दन सुवेदीले प्रमुख अतिथि अमृत बराललाई बिरुवा हस्तान्तरण गरी बृक्षारोपण कार्यक्रम सुभारम्भ गर्नुभएको थियो भने विभिन्न जातका विरुवाहरु रोपिएको थियो ।

 

 

कार्यक्रमका विशेष अतिथि गोविन्द पराजुलीले क्लबले यस्तो कार्यक्रम यस वडा भित्र गरेकोमा र सामाजिक संगै वातावरणीय क्षेत्रमा पनि कार्य गरेको अध्यक्ष लगायत क्लब परिवारलाई धन्यवाद दिनुभएको थियो भने प्रमुख अतिथि अमृत बरालले क्लबले वातावरणीय क्षेत्रमा क्लबले गरेको कार्यलाई प्रशंसा गर्दै सेवाका कार्यहरुलाई क्लब उत्कृष्ट रहेको र ट्री गर्ड सहितको सभ्य र ब्यवस्थित तरिकाले कार्यक्रम गरेकोमा क्लबलाई धन्यवाद दिनुभएको थियो ।

 

 

कार्यक्रमका अध्यक्ष जनार्दन सुवेदीले कार्यक्रम संयोजक लक्षमण भण्डारी विशेष धन्यवाद दिदै पोखरा वडा नं. ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल र वडा सदस्य गोविन्द पराजुलीलाई कार्यक्रम सफल बनाउनका लागि खेल्नु भएको भूमिका प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस कार्यक्रममा उपस्तिथि जनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम  समापन गर्नुभएको थियो । मालेपाटन शान्तिमार्ग बृक्षारोपण स्थलमा भएको कार्यक्रम संचालन क्लबका  सचिव कृष्ण पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...