पाेखरा २० मा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक विश्रामस्थल निर्माण हुने

पोखरा,  भदौ २२ गते ।पोखरा महानगरपालिका वडा नं. २० भलाममा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल निर्माणको लागि समिति गठन भएको छ ।


बिहीवार सम्पन्न भेलाले यादव गौतमको अध्यक्षतामा ९ सदस्यीय जेष्ठ नागरिक दिवा सेवा तथा खुल्ला व्यायामशाला निर्माण उपभोक्ता समिति गठन गरेको हो ।

 

समितिको उपाध्यक्षमा रेशम खत्री, सचिवमा सूर्य बास्तोला, सहसचिवमा गणेश केसी, कोषाध्यक्षमा मञ्जु वि.क. रहनुभएको छभने सदस्यहरुमा सुशिल बस्नेत, अन्जना गौतम, नारायणप्रसाद बास्तोला र ऐन कुमारी गुरुङ रहनुभएको छ ।

 

त्यसैगरी भेलाले भरत बस्नेतको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ । अनुगमन समितिको सदस्यमा शंकर गौतम र अप्सरा वि.क. रहेका छन् भने सल्लाहकारहरुमा भरत गौतम, सरस्वती बास्तोला, शेर बहादुर गौतम, जीवन अधिकारी र कमला क्षेत्री रहनुभएको छ ।

 

पोखरा महानगरपालिका वडा नं. २० साविक भलाम १ स्थित ठूलोपाटनको पूर्वी भागमा हरिहर पैदल मार्गसँग जोडिएको खुल्ला सार्वजनिक जग्गामा पार्क सहितको खुल्ला व्यायामशाला तथा जेष्ठ नागरिक दिवा विश्राम स्थल बन्न लागेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...