डा. दिनेशकुमार विक हिरासतमुक्त

पोखरा-विरामीको मृत्युपछि भएको विवादमा चिकित्सकको पक्षमा लागेर झडपमा उत्रिएको आरोपमा पक्राउ परेका प्रगतिशिल चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्ष डा. दिनेशकुमार विकलाई प्रहरीले हिरासतमुक्त गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत रहेका डा. विक मणिपाल अस्पतालमा चिकित्सक र मृतकका परिरवारवीच तनाव भएपछि मणिपालमा पुगेका थिए ।

मणिपालमा मृतकको आफन्तहरुसँग भएको विवादमा चिकित्सककोतर्फवाट झड्पमा सहभागि भएको भन्दै प्रहरीले डा. विकलाई सोमवार साँझ पक्राउ गरेको थियो ।डा. विकलाई मंगलबार विहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहवर र डा. गिरधारी शर्माको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

 

लमजुङको सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षिया सुकमाया दुराको उपचारकोक्रममा मृत्युभएपछि आफन्तहरुले मृत्युको कारण माग गर्दा चिकित्सकहरु चर्काचर्कीमा उत्रिएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । चिकित्सकहरुले मृतकका आफन्तले कुटपीट गरेको आरोप लगाउँदै कार्वाहीको मागसहित नारावाजीमा उत्रिएका थिए । सोहि क्रममा ईन्टर्न र पिजि चिकित्सकहरुले घेराउ र धर्नामा उत्रिएका विरामीका आफन्तहरुलाई आईजा लड्ने भन्दै उफ्रिएका थिए । आक्रोशित डाक्टरको भीडले अस्पतालको सिसा तोडफोड गर्नुका साथै सुरक्षामा खटिएका प्रहरीमाथि पनि जाई लागेका थिए ।

 

यसैगरी विरामीका आफन्तहरुले पनि भूइृतलाको काउण्टर अघिको सिसा तोडफोड गर्दै वुद्धको प्रतिमामा राखिएको गमला तोडफोड गरेका थिए ।चिकित्सकमाथि हातपात गरेको आरोपमा पक्राउ परेका मृतक पक्षका पोखरा महानगरपालिका– ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले नियन्त्रणमा राखेर मुद्धा चलाउने तयारी गरेको छ । मृतकका आफन्तले विरामी मृत्युको घटनाको छानवीन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्ने, हिरासतमा राखिएका विनयलाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै मंगलबार पनि अस्पतालमा धर्ना जारी राखेका छन्।

 

यसैबीच, अस्पताल प्रशासन, र मृतक परिवारबीच वार्ताको तयारी भएको छ। उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा अस्पताल प्रशासन, चिकित्सक र मृतकका परिवारबीच वार्ताको तयारी भएको मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकारी कृष्णमोहन श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...