राष्ट्र संघका महासचिव गुटेरेस पोखरा आउँदै

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आउँदै छन् । महासचिव गुटेरेस नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आउन लागेका हुन् ।

गुटेरेस काठमाडौंबाट दिउँसो १ः२० पोखरा प्रस्थान गर्नेछन् । उनी १ः५० मा पोखराको पुरानो विमानस्थलमा अवतरण गर्नेछन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ ।

 

गुटेरेसलाई स्वागत गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुग्नेछ ।

 

गुटेरेटस अन्नपूर्ण आधार शिविर जाने भएका छन । उनी नेपालकाे चारदिने भ्रमणका लागि आज आइतबार नेपाल आएका छन ।

 

उनी नेपालकै प्रसिद्व अन्नपूर्ण आधार शिवरमा जानेभएपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्वागतकाे लागि तयारी थालेकाे छ । अन्नपूर्ण गाउँपालिकामा पर्ने आधार शिविरमा भब्य स्वागतकाे तयारी गरिएकाे गाउँपालिकाका प्रबक्ता भरतमान गुरुङले जानकारी दिए ।

 

प्रसिद्व पदयात्राका लागि महासचिव गुटेरेस कार्तिक १४ गते मगंलबार बिहान साँढे छ बजे हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका रहेकाे उनले बताए ।आधार शिविरकाे भ्रमणसंगै जलवायु परिवर्तनका असरहरुबारे बुझ्ने कार्यक्रम समेत रहेको प्रबक्ता गुरुङले बताए ।

सो कार्यक्रमको तयारीसँग सँगै स्वागतको लागि अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी नेतृत्वको टोलिले आअन्नपूर्ण आधार शिविरमा पुग्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...