पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउसो सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको पोखरामा भब्य स्वागत गरिएको छ ।
गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपप्रमुख मञ्जुुदेवी गुरुंग,कास्कीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले पोखराको पुरानो विमानस्थलमा स्वागत गरे ।। महासचिव गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उनी मंगलबार अन्नपूर्ण आधार शिविर(एबिसी) जाने छन् । उनी मंगलबार बिहान ६ः३० मा आधार शिविरका लागि प्रस्थान गर्नेछन् । त्यहाँ पनि उनको स्वागतका लागि तयारी गरिएको छ ।
अन्नपूर्ण गाँउपालिकाले स्वागतको तयारी गरेको छ ।आधार शिविरबाट उनी ७ः३० मा पोखरा विमानस्थल फर्किनेछन् । विमानस्थलमा पोखराका पत्रकारहरूसँग कुरा गर्ने र मंगलबार बिहान ८ः१५ मा पोखराबाट लुम्बिनी प्रस्थान गर्ने तालिका रहेको छ ।