पाेखरा महानगर वडा १ मा सरसफाइ

पोखरा, कार्तिक २४ गते । पोखरा महानगरपालिका–१ वडा कार्यालयले तिहार लगायत चाडपर्वकाे अवसरमा वडामा बृहत  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कार्यालयकाे आयाेजनामा वडाभित्र रहेका  टाेल विकास संस्थाहरु, आमा समूह, जनप्रतिनिधि, विभिन्न संघसंस्थाहरुकाे  सहभागीतामा वडाभित्र सरसफाइ कार्यक्रम आयाेजना गरिएको वडा सदस्य शाेभा गुरुङले जानकारी दिइन ।

उनका अनुसार    तीन क्षेत्रमा विभाजन गरि चाडपर्व लक्षित सरसफाइ गरिएकाे हाे ।यसैबीच सरसफाइ कार्यक्रमसंगै फुल र बत्तीको पर्व तिहारकाे शुभकामना आदानप्रदान समेत गरिएको थियाे । वडाध्यक्ष शाहारा प्रधानले सरसफाइ कार्यक्रमकाे सुरुवात गर्दै चाडपर्वहरुले सामाजिक सद्भाव कायम गर्ने बताउदै वडाबासिलाई शुभकामना ब्यक्त गरेकाे थिए ।

 

वडा कार्यालय बगरबाट  सुरु सरसफाइ कार्यक्रममा   २१ वटा आमासमूह, १६ वटा टाेल विकास संस्था, ७ वटा युवा क्लब तथा संघ संस्था र ४ वटा तमु समाजको सहभागिता रहेको सदस्य शाेभा गुरुङले बताइन ।

नेपालीहरुको चाड तिहारको संघारमा वडालाई सफा बनाउनका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको उनले बताइन् । उनले सामाजिक कार्यक्रम अन्तरगत वडाले यसअघिदेखि नै सरसफाई कार्यक्रम आयोजना गर्दै आएको बताइन् ।

सो कार्यक्रममा पाँचै जना जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका अगुवाहरु तथा स्नायीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

वडाले खेलकुदको क्षेत्रमा, टोलटोलमा सरसफाई, सडकबत्ती मर्मत तथा जडान, विभिन्न महामारीको समयमा राहात वितरण तथा लागुऔषध विरुद्धको सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...