बागमती सेमीफाइनलमा

पाेखरा, मंसिर ८ गते ।पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गरेको छ ।

बागमतीले आफ्नो दोश्रो जित दर्ता गर्ने क्रममा कर्णाली प्रदेशलेलाई ९० रनले पराजित गरेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल स्कोर खडा गरेको थियो ।

बागमतीका लागि रित गौतम र इशान पाण्डेले व्यक्तिगत अर्धशतकीय पारी खेले । खेलमा इशान म्यान अफ दि म्याच घोषित भए । बागमतीका लागि रित र इशानले १४३ रनको साझेदारी गरे । रितले १० चौका र २ छक्का प्रहार गर्दै ५९ बलमा व्यक्तिगत ८२ रनका योगदान दिंदा यस्तै इशानले चार चौका र छ छक्काकोे मद्धतले ३८ बलमा ७० रन बनाए ।

प्रतिश जिसी भने १२ रनमा नटआउट रहँदा टिम कप्तान समेत रहेका सन्दीप लामिछाने भने शुन्य रनमा पेभिलियन फर्किन पुगे । उनी दिनेश अधिकारीको बलमा बोल्ड भए ।

कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए ।

जवाफी व्याटिङ गरेको कर्णाली भने १७.३ ओभर खेल्दै ९९ रनमा अलआउट हुन पुग्यो । बागमतीका लागि ३।३ ओभरमा सन्दीप लामिछानेले ९ रन दिंदै ४ विकेट हात पार्दा कर्णाली धराशायी बन्यो ।

कर्णालीका कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रन बनाए । यस्तै अर्जुन घर्तीले २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा बनाए । विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।

बागमतीका लागि दिपेश श्रेष्ठले २ विकेट लिन सफल भए । त्यसै गरि प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान १–१ विकेट हात पारे ।

पोखरा रंगशालामा दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ र दोश्रो खेल नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...