काठमाडौँ, मङ्सिर १७ गते । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । दिवसकै अवसरमा पोखरामा आज र्याली सहित कार्यक्रम गरेर मनाउने मनाउदैछ ।
पोखरा महानगरपालिका कार्यालयबाट सुरु हुने र्याली न्युरोड हुदै पोखरा सभागृहमा पुगेर कार्यक्रममा परिणत हुने छ । यता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले बिहान प्रभात फेरी र्याली काठमाडौँको भद्र कालीबाट सुरु भई न्यूरोड गेट, शान्ति बाटिका, रत्नपार्क हुँदै भृकुटी मण्डपमा पुगी कार्यक्रममा परिणत भएको थियो ।