एक महिनामा विभिन्न मुुद्धामा फरार ४६ जना पक्राउ

पोखरा, पुस १ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा फरार ४६ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले एक महिनामा विभिन्न ९ मुुद्धामा फरार ४६ जनालाई पक्राउ गरेको जनाएको हो । सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले कास्की जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी फरार ब्यक्तिहरुलाई पक्राउ गरि जिल्ला अदातलमा बुुझाईएको छ ।

उनीहरुबाट २ लाख १२ हजार दुुई सय र ४ महिना १६ दिन कैद भुक्तान गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले चेक अनुुदारमा २९ जना,चोरी मुद्धामा २ जना, जुवा मुद्धामा ३ जना,र्दुुशित तथा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण मुद्धामा १ जना,सार्वजनीक स्थलमा अभद्रब्यबहार मुुद्धामा ४ जना,जालसाझी मुुद्धामा ४ जना,साधारण चोरी मुद्धामा १ जना,सवारी अंगभंग मुुद्धामा १ जना,अभद्र ब्यवहार मुुद्धामा १ जनालाई गरी ४६जना पक्राउ गरेको जनाएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...