पाेखराकाे गणेश टाेलमा यःमरी महोत्सव सुरु

पोखरा, पुस ९ गते ।यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवं यःमरी बनाउने प्रतियोगिता आयाेजना गरिएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा साेमबार  यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता आयाेजना गरिएको हाे ।

महाेत्सवकाे पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । उनले पाेखरालाई पर्यटकीय शहर घाेषणा गर्ने तयारीमा रहेकाे बताए ।उनले जनवरी ३० तारिखभित्रै पर्यटकीय शहर घाेषणा गर्ने दावी गरे ।मेयर आचार्यले नेपाल सरकारबाटै आैपचारिक रुपमा पर्यटनकाे राजधानी घाेषणा गर्ने यदि हुन नसके प्रदेश सरकार र महानगरकाे साझेदारीमा अगाडि बढाउने छाै ।

उनले पाेखरा नेचर, कल्चर र एडभेन्चरकाे संगम रहेकाे बताउदै यहाँ रेका प्राकृतिक, संस्कृतिकाे संरक्षणमा महानगर लागेकाे बताए ।

कार्यक्रममा पाेखरा महानगरका प्रवक्ता माेति तिमिल्सिना, पाेखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङग, नेवा खल कास्कीका अध्यक्ष अशाेक पालिखे अशाेक पालिखे, वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराल लगायतले बाेलेका थिए ।

महोत्सव पोखरा–४ गणेशटोलको सडक क्षेत्रमा आयाेजना गरिएकाे थियाे । महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाइभ डेमोन्स्ट्रेसन गरिएकाे मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिएकाे थियाे  ।  महोत्सवमा यःमरीसहित बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहेका छन् । त्यसबाहेक स्थानीयले उत्पादन गरेका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टल पनि रहेकाे  अध्यक्ष बज्रचार्यले बताइन् ।

 

महोत्सवमा यःमरी प्रति गोटा ८० रुपैयाँ, समयबजी प्रति प्लेट २ सय, बारा, सेलरोटीको ५० मा बिक्री गरिएको छ। यःमरी बनाउने प्रतियोगितामा २० टिमले सहभागिता रहेकाे छ । महोत्सवमा पोखरेली लक्ष्य ब्यान्डको सांगीतिक प्रस्तुति रहेकाे छ । उक्त अवसरमा मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति रहेका छन ।

 

महोत्सव उद्घाटन अघि  झाँकीसहितको ¥याली निकालिएकाे थियाे । पोखरा–४ को कार्यालयबाट सुरु ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत भएकाे पाेखरा ४ का वडाध्यक्ष देवकृष्ण  पराजुलीले जानकारी दिए ।

 

¥यालीमा सहभागी मध्ये पहिलो हुने समूहलाई नगद ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

 

त्यस्तै, यमरी प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

 

 

 

अध्यक्ष पराजुलीले संस्कृति संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नका लागि यःमरी महोत्सव गरिएकाे   बताए । सडक, पानी, बत्ती मात्रै विकास होइन,’ उनले भने, ‘संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नु पनि विकास हो ।’ उनले पोखराको रामकृष्ण टोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरियाटोल हुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागिपनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए ।

 

नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले यःमरी महोत्सवले पर्यटन प्रवद्र्धनमा पनि योगदान दिने विश्वास व्यक्त गरिन् । ‘संस्कृतिको विविधता हाम्रो विशेषता हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दा पर्यटनमा पनि टेवा पुग्छ,’ उनले भनिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...