पोखरा, पुस २१ गते /महिला र बालिकालाई यौनशोषण क्रियाकलापमा संलग्न गराएको आरोपमा कास्की प्रहरीले ३ जनालाई गरेको छ ।
पोखरा ८, जाल्पारोडमा काभ्रेली खाजाघरका सञ्चालकले २ महिला तथा १ बालिकालाई शौनशोषण कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उनीलाई बाहिर लैजान अवस्थामा कास्की प्रहरीले २ दिनअघि उनीहरुको उद्धार गरेको जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले खाजाघरका सञ्चालक पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २९ वर्षीय प्रवीण गुरुङ, पर्वत घर भइ काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा १७ बिरौटा बस्ने राजेश ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।
होटलमा काम दिने भन्दै सरसफाइको काममा लगाउने र पछि राम्रो कमाइ हुन्छ भन्दै पुरपुरुषसँग भेट गराई यौनजन्य गतिविधिमा लगाउने गरेको सूचना आधारमा प्रहरीले होटलमा छापा मारेको डिएसपी बिकले बताए ।
बिहीबार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार मुद्वामा अनुसन्धान भइरहेको प्रहरीले विकले बताए ।