पोखरा, माघ ९ गते । पाेखरा रंगशाला आजदेखि सुरु २३ आै आहारारा पाेखरा गाेल्ड कप फुटबल प्रतियाेगितामा काठमाडौकाे थ्री स्टार क्लबले विजयी सुरुवात गरेकाे छ ।
थ्री स्टार क्लबले आयाेजक सहारा क्लबलाई २-१काे कठिन जित निकाल्दै पाेखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेकाे हाे ।
थ्री स्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनकाे एकएक गाेल गरे । खेलकाे छ मिनेटमा थ्री स्टारले गल गर्दै आयाेजक टिममाथि हाबि भयाे । थ्री स्टारकाे गाेलपछि दबाबमा परेकाे सहाराले खेलकाे २३ आै मिनेटमा बराबरी गाेल गर्याे ।खेलकाे पहिलाे हाफ १-१ काे बराबरीमा टुंगियो । सहाराका लागि आशिष गुरुङले १ गोल गरे १-१ काे बराबरीमा ल्याएपनि दाेश्राे हाफमा आत्मघाती गाेलकाे सामना गर्दै आयाेजक साहारा उद्घाटन खेलबाटै बाहिरिदा थ्री स्टारले क्वाटरफाइनलमा पाराे एफसि भुटानसंगकाे पक्का गरेकाे हाे ।
खेलकाे ५९ आै मिनेटमा थ्री स्टारका एन्जल महर्जनले प्रहार गरेकाे फिरिकिकलाई बचाउन खाेज्दा सहारका अनिस तामाङले आफ्नै पाेष्टमा गाेल गरेपछि पाेखरा गाेल्ड कपमा सहाराकाे क्वाटरफाइनल यात्रामा पुर्णविराम लाग्याे । खेलमा म्यान अफदी म्याच थ्री स्टारका कप्तान याेगेश गुरुङ घाेषित भए।
बुधबारकाे दाेश्राे खेल त्रिभुवन आर्मी विरुद्ध राइजिङ स्टार क्लववीच हुने आयाेजकले बताए ।