प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा बितरण

पोखरा, माघ १० गते ।नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन भएको छ । अस्पताल सम्म पहुँच नपुगेका विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य परामर्श समेत प्रदान गर्ने उद्धेश्यले उक्त स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो ।


जिल्ला तनहुँ देबघाट गाउँपालिका वडा नं. ५ टाउनचोक स्थितमा रहेको देबघाट धर्मार्थ अस्पताल परिसरमा श्रीमती संघको आयोजनामा चितवन मेडिकल कलेजका बिशेषज्ञ डाक्टरहरु द्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्री रोग ईसिजि,युएसजि,हार्डजोर्नी र थेरापी सम्बन्धी नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन भएको छ ।

 

नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले देबघाट समाज कल्याण केन्द्र बृद्धाश्राम, हरिहर सन्यास आश्रम, महेश आश्रम र गलेश्वर आश्रममा १९० थान न्यानो कपडा समेत बितरण गर्नुभएको हो । स्वास्थ्य शिविरमा ४९० जनाले नि:शुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थियो ।

 

उक्त कार्यक्रममा प्रमुख अथिती संघकी केंद्रीय अध्यक्ष लक्ष्मी कुँवर , हरिहर आश्रम देवघाटका ज्ञानानन्द सरस्वती महाराज, देवघाट गाउँपालिका ५ नंबर अध्यक्ष पूर्ण बहादुर कुँवर, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट, लियो क्लवअफ देवघाट चैतारिका अध्यक्ष रक्षा कार्की समेतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...