गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण

पोखरा, जेठ/गाायत्री वहुद्घेश्यीय सामुदायिक सिकाई केन्द्रले विभिन्न सामुदायिक विद्यालयलाई स्टेशनरी तथा बाद्य बादनका सामाग्री वितरण गरेको छ ।

दश वर्ष अघि पोखरा १९ लाई कार्य क्षेत्र वनाई स्थापना भएको केन्द्रले त्यस वडाका महेन्द्र मावि, विन्ध्येश्वरी मा.वि र भारती भवन मा.विलाई स्टेशनरी तथा वाद्य वादनका सामाग्री वितरण गरेको सचिव बैकुण्ठ पौडेलले जानकारी दिए । महेन्द्र मा.वि घार्मीमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष शोभामोहन पौडेल, केन्द्रका सामाजिक परिचालक पवित्रा पौडेलले विद्यार्थीका लागि आवश्यक स्टेशनरी र मादल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रममा वोल्दै पुर्व वडाध्यक्ष समेत रहेका पौडेलले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन केन्द्रले अभियान नै संचालन गरेको वताए ।विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेलले केन्द्रले शैक्षिक सुधारमा मात्र नभई वडाभित्रका सामाजिक तथा नेतृत्व विकासमा समेत भुमिका खेलेको भन्दै प्रशंसा गरे ।कार्यक्रममा प्रधानाध्यापक बासुदेव पौडेल, सह प्रधानाध्यापक नन्दराज दाहाल लगायतले केन्द्रले गरेको सहयोगले ठुलो अर्थ राख्ने वताए ।

केन्द्रले यसअघि पनि त्यस वडाका सवै सामुदायिक विद्यालयलाई शैक्षिक क्रियाकलापका लागी नगद हस्तान्तरण गरेको थियो । संस्थाले त्यहाँका आमा समुहलाई नेतृत्व तथा भाषणकला तालिम समेत दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...