स्कुल बस दुर्घटना अपडेट: आमा र छाेराकाे मृत्यु,२८ जना घाइते (नामावली सहित)

पाेखरा, साउन ।पोखरा २१ कृस्तीमा भएको स्कुल बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक र उनका ५ वर्षका छोरा प्रिन्स विक रहेको प्रहरी कास्की प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

सोमबार बिहान ८.५५ बजे पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल बोडिङ स्कुलको बस दुर्घटनामा परेको थियो ।घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।बस ओराले तर्फ आउदा सडकबाट पहिले विजुलीको पोलमा ठोकिएर करिब ४० मिटर तल सडकमा खसेको छ ।

 

स्कूल बस दुर्घटना हुँदा ३० जना सवार मध्ये २ जनाको मृत्यु २८ जना घाईते ः–
पोखरा २१ रामदीबाट पोखरातर्फ आउँदै गरेको पोखरा १७ बिरौटा स्थितमा रहेको .ए. पी देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कूलको ग १ क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्न जांदा चालक तथा बिद्यार्थी सहित ३० जना घाईते भई उपचारको लागी अस्पताल ल्याएइको छ ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु ः–
१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बि.क., अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।

३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।

६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।

७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।

८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., अबस्था सामन्य ।

९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।

१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था।

१२ ) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., अबस्था मध्यम ।

१३ ) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।

१४ ) ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि.क., ऐ.०९ः४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरुः–

१)जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था मध्यम ।

२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।

३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम ।

४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।

५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।

६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।

७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., अबस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।

८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., अबस्था मध्यम ।

९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, अबस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अविभावक) ।

१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, (शिक्षक) ।

१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरुः–

१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल, अबस्था मध्यम, (बस चालक) ।

२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।

३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...