मिस पाेखराकाे फाइनल कार्तिक १० गते, तयारी पुरा

पाेखरा, कार्तिक ७ गते । मिस पाेखराकाे तयारी पूरा भएकाे छ ।पोखरा जेसीसको आयोजनामा हुने एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता मिस पोखरा २०२४’को शनिबार हुने फाइनलकाे तयारी पूरा भएकाे छ ।

युवा नारीको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ ईभेन्ट फर यू प्रालिको ईभेन्ट म्यानेजेण्टमा सौन्दर्य प्रतियोगिता भएको हो । १२ उत्र्तीण गरेको र १७ देखी २५ बर्ष सम्मका अविवाहित नारी प्रतियोगितामा सहभागी छन् । अन्तिम प्रतियोगितामा १७ जनाले प्रतिस्पर्धा गर्ने छन् । कार्यक्रम पोखरा सभागृह हलमा हुनेछ ।

 

 

प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए । उनका अनुसार फस्ट रनरअफले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । त्यस्तै सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन ।

 

 

यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...