पोखरा, कात्तिक ८ गते । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीले आज लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
गत शुक्रवार पक्राउ गरी आइतवार अदालतमा उपस्थित गराइएका लामिछानेलाई यसअघि प्रहरीले अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई गत शुक्रबार केन्द्रीय कार्यालयबाट पक्राउ गरेलगत्तै पोखरा ल्याएकाे थियो ।